हेडलाईनव्याससमाचारगण्डकी

विश्व सम्पदा दिवसको अवसरमा जिल्ला स्तरीय चित्रकला प्रतियोगिता सम्पन्न

प्रहार समाचार । तनहुँ, बैशाख ४ । सप्ताहव्यापी विश्व सम्पदा दिवस २०२४ को पूर्व सन्ध्यामा  जिल्ला स्तरीय चित्रकला प्रतियोगिता सम्पन्न भएको छ। व्यास नगरपालिका वडा नं ११ मा पर्ने ‘ऐतिहासिक तनहुँसुर र खड्ग कालिका मन्दिर परिसर ‘ विषयक उक्त चित्रकला प्रतियोगितामा १० विद्यालयका २० जना विद्यार्थीहरुको सहभागीता  रहेको थियो ।

यस अघि उक्त प्रतियोगिताको राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार तनहुँसुर खड्गदेवी मन्दिर परिसरमा निर्मल माध्यामिक विद्यालय कक्षा १० मा अध्यायनरत छात्रा मुस्कान विकलाई चित्रकला सामाग्री हस्तान्तरण गरेका थिए।
व्यास नगरपालिकाको आयोजनामा तनहुँसुरमा भएको उक्त प्रतियोगितामा आदिकवि भानुभक्त मावि का सौजन्य थापा प्रथम, बालमन्दिरमा अध्ययनरत अस्मिता परियार द्वितीय र शिव पाञ्चायन माविका रविन मगर तृतीय भएका थिए।
उनिहरुले क्रमश पाँच, तीन र दुई हजार नगद सहित प्रमाणपत्र प्राप्त गर्ने छन् । पुरस्कार विश्व सम्पदा दिवस अप्रिल १८ अर्थात वैशाख ६ गतेका दिन प्रदान गरिने मूल समारोह समितिका सचिव हरिसिंङ गुरुङले बताए ।

यसैबिच बैशाख ६ गते विश्व सम्पदा दिवसकै दिन जिल्ला स्तरिय अन्तर क्याम्पस  वक्तृत्वकला प्रतियोगिता पनि हुने भएको छ । प्रतियोगिताको शिर्षक ‘सम्पदा संरक्षणमा नागरिकको भूमिका’ तय गरिएको बताईएको छ ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button