हेडलाईनसमाचारप्रदेशसूचना प्रविधि

प्रदेशका थोरै स्थानमा मध्यान्हपछि हावा हुरीको सम्भावना

प्रहार समाचार । काठमाडौँ, बैशाख ३। अहिले  नेपालमा पश्चिमी वायु र स्थानीय  वायुको आंशिक प्रभाव कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसैका कारण दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भेगका थोरै स्थान र बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको  छ।

कोशी, गण्डकी र  कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा पनि हल्का हिमपातको सम्भावना रहने भएको छ। सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम मुख्यतया सफा रहेको छ । 

आज राति कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ । 
लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मध्यान्हपछि हावा हुरीको सम्भावना छ । देशको उच्च पहाडी तथा हिमाली भू-भागको एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । 


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button