हेडलाईनसमाचारविजनेसप्रदेशसूचना प्रविधि

सुनको मूल्य घट्यो

प्रहार समाचार । काठमाडौँ, चैत २९ ।नेपाली बजारमा आज सुनको मूल्य घटेको छ।  गत आइतबारदेखि सुनको मूल्य लगातार बढिरहेकोमा बिहीबार भने मूल्य घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो। 

महासंघका अनुसार आज बजारमा छापावाल सुन प्रतितोला एक लाख ३६ हजार छ सय रूपैयाँमा कारोबार भइरहेको छ।

यो अघिल्लो दिनको तुलनामा प्रतितोला दुई सय रूपैयाँ कम हो। बुधबार सुन प्रतितोला एक लाख ३६ हजार ८ सय रूपैयाँमा कारोबार भएको थियो।
आज तेजाबी सुन भने प्रतितोला एक लाख ३५ हजार नौ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ भने चाँदीको मूल्य भने यथावत छ ।  चाँदीको मूल्य प्रतितोला एक हजार सात सय रूपैयाँ तोकिएको छ। 

आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस २३ सय ४३ अमेरिकी डलरमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो। 


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button