हेडलाईनव्याससमाचारगण्डकीविजनेसमनोरञ्जन

दमौलीमा चैत ३० गते नयाँ बर्ष सांगीतिक साँझ हुँदै, दुर्गेश थापाले सांङ्गितिक प्रस्तुति राख्ने

प्रहार समाचार । तनहुँ, चैत २६ । होटल व्यवसायी संघ तनहुँले दमौलीया नयाँ बर्ष सांगीतिक साँझ आयोजना गर्ने भएको छ।  नेपाली नयाँ वर्षको अवसर पारेर यहि चैत ३० गते सांगितिक साँझको आयोजना गरिने सोमवार दमौलीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईएको हो ।

होटल व्यावसायी संघका केन्द्रीय सदस्य प्रेम कुमार श्रेष्ठ राष्ट्रिय तथा स्थानिय कलाकारहरुको साङ्गीतिक कार्यक्रमले भरपूर मनोरञ्जनका साथमा स्थानिय खानाका परिकारमा रमाउन तथा थोरै भएपनि आर्थिक चलायमान बनाउन कार्यक्रम आयोजना गर्न लागिएको बताए ।
तनहुँका जनताहरु नयाँ वर्ष मनाउन बाहिर नजाउन र थोरै भएपनि अर्थ चलायमान गराउने उद्देश्यले सांगीतिक साँझ आयोजना गर्न लागेको होटल व्यवसायी संघ संघका अध्यक्ष गिरबहादुर थापालले बताए ।

थोरै पैसामा दमौलीमै रमाउन सक्ने वातावरण सिर्जना गर्न कार्यक्रम गर्न लागेको  संघका निवर्तमान अध्यक्ष एवं प्रदेश उपाध्यक्ष दुर्गाविलास भट्टराईको भनाई छ।

कार्यक्रममा चर्चित गायक दुर्गेश थापा साथै स्थानीय कलाकारहरुको प्रस्तुती रहने आयोजकले जनाएको  छ । उक्त कार्यक्रमका लागि दुई सय टिकट शुल्क निर्धारण आयोजले जनाएको छ। त्यस अवसरमा होटल व्यवसायी संघ तनहुँद्दारा प्रकाशित भित्ते पात्रो २०८१ को समेत सविजनिक गरिएको थियो ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button