हेडलाईनव्याससमाचारगण्डकी

भ्रष्टाचारको आरोप लागेका रास्वपाका नेता जोगाउन प्रधानमन्त्री  दाहाल र एमाले अध्यक्ष ओली लागे

प्रहार समाचार । तनहुँ, चैत २६ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले भ्रष्टाचारको आरोप लागेका रास्वपाका नेताहरुलाई जोगाउन प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी ओली लागेको बताएका छन् ।

तनहुँको व्यास-१३ कुकुरढुंगामा छापडाँडा बेनीकोट भञ्ज्याङ महिला कृषि समूहको भवन शिलान्यास गर्दै कांग्रेस केन्द्रीय सदस्य भट्टराईले अपराधीले नै अनुसन्धान गर्छु भन्नु कत्तिको सहि छ भन्दै प्रश्न  गरे ।

रास्वपा सभापति रवि लामिछानेसँगै उपसभापति डीपी अर्याल र सहमहामन्त्री कविन्द्र बुर्लाकोटीमाथिसमेत सहकारी ठगीको आरोप लागेको भन्दै उनले उनीहरुमाथि अनुसन्धान हुनुपर्नेमा प्रधानमन्त्री र एमाले अध्यक्षले संरक्षण गरेको नेता भट्टराई को दाबी थियो ।गरे ।

उनले मन्त्री पदमा रहँदा आरोप लागेका कांग्रेसका मन्त्रीहरु अदालत तथा अख्तियार गएका र राजीनामा समेत दिए पनि सहकारी ठगीको अभियोग लागेका रास्वपा सभापति लामिछाने भने अरुको अनुसन्धान गर्छु भनेको टिप्पणी गरे ।

हाम्रा मन्त्रीहरु त अभियोग लाग्दा अदालत गए, अख्तियार गए राजीनामा पनि गरे,’ उनले भने,‘मन्त्री बन्नु पहिल्यै आरोप लागेका रास्वपा सभापति लामीछाने अरुको अनुसन्धान गर्छु भन्छन् ।’

कांग्रेस नेता भट्टराईले आफू पहिले पनि विकासका लागि सक्रिय रहेको र अब पनि त्यसमा कमी आउन नदिने भन्दै चुनावमा हारेकाले के गरे र जितेको के गरे मूल्यांकन गर्दा अर्को चुनावमा सजिलो हुने टिप्पणी गरे ।

भवनका लागि भट्टराईको पहलमा बजेट निकासा भएको स्थानीय ईश्वर पन्थले जानकारी दिए ।

भट्टराई गएको उपनिर्वाचनमा तनहुँ १ बाट पराजित भएका थिए । रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित भए पछि रिक्त ठाउँमा रास्वपाका स्वर्णिम वाग्ले सांसद निर्वाचित भएका छन् ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button