हेडलाईनव्याससमाचारगण्डकीसूचना प्रविधि

पहिराे खस्ने उच्च जोखिम बढेपछि बैकल्पिक मार्गको प्रयोग

प्रहार समाचार । तनहुँ, चैत २३ । मुग्लिन पोखरा सडक योजनाको पुर्वी खण्ड अन्तर्रगत तनहुँको व्यास–१ मुसेखोला नजिक सडक बिस्तारका क्रममा पहाड चिरिएर पहिराे खस्ने उच्च जोखिम बढेपछि बैकल्पिक मार्गको प्रयोग गरिएको छ।

सडक चौडा पार्ने क्रममा पहाड काट्दा ठूला एक्साभेटर प्रयोग गरेपछि  झण्डै ७०  मिटरको उचाइमा एक सय मिटर जमिन चिरा परेर उच्च जोखिममा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । पहाड खस्ने डर बढेपछि उक्त राजमार्ग भएर गुड्ने सवारी साधनहरु लाई तालघरेबाट व्यास–११ को रानीगाउँ हुदै घाँसीकुँवा निस्कने गरी भित्री सडक प्रयोगको लागि व्यवस्था मिलाइएको  तनहुँका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अपिलराज बोहराले  बताए।

त्यसैगरी जिल्ला प्रशासन कार्यालय तनहुँले शुक्रवार एक सूचना जारी गर्दै वैकल्पीक सडक प्रयोग गर्न सर्वसाधारणमा आग्रह गरेको छ ।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button