हेडलाईनसमाचारबन्दीपुरकर्णालीसूचना प्रविधि

तनहुँको विमलनगरमा लिखित तथा ट्रायल परीक्षा बन्द : जनतालाई सास्ती

प्रहार समाचार । तनहुँ, चैत १ विहिवार । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय अन्तरगत बन्दीपुर गाउँ पालिका वडा नं ४ विमलनगरमा रहेको यातायात व्यवस्था कार्यालय तनहुँले  सवारीचालक अनुमतिपत्रका लागि लिँदै आएको लिखित तथा ट्रायल परीक्षा बन्द गरेकाे छ ।

कार्यालयले एक सूचना जारी गर्दै  आज चैत १ गतेबाट लागु हुने गरि दुई पांग्रे, चार पांग्रे, अटो रिक्सा तथा ट्याक्टरको सम्पूर्ण लिखित तथा ट्रायल परीक्षा बन्द भएको जनाएको छ । कार्यालय प्रमुख टिका बहादुर गोदारद्वारा प्रकाशित सुचनामा बन्द गर्नु परेको कारण भने खुलाईएको छैन । समाचार श्रोतका अनुसार सार्वजनिक जग्गा मिचेर ट्रायल सेन्टर बनाएको उजुरी परेपछि अख्तियारकाे निर्देशनमा बन्द भएको बुझिएको छ । उक्त जग्गा दमौलीकै एक जिम्मेवार र प्रतिष्ठित व्यक्तिको भएको पनि समाचार श्रोतले बतायो ।

सवारी साधनको ट्रायलका लागि पोखरा नै जानुपर्ने बाध्यताबाट राहत महसुस गरिरहेका यस क्षेत्र आसपासका जनतालाई सम्पूर्ण लिखित तथा ट्रायल परीक्षा बन्द भएपछि सास्ती बेहोर्नु पर्ने भएको छ। उक्त कार्यालयले २०७९ असार १ गतेदेखि त्यहाँ बाट सेवा प्रदान गर्दै आईरहेको थियो ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button