हेडलाईनसमाचारबागमतीप्रदेश

प्रधानमन्त्री ‘प्रचण्ड’ ले पाए विश्वासको मत

प्रहार समाचार । काठमाडौ, फागुन ३० बुधवार ।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले  विश्वासको मत पाएका छन्।  आज प्रतिनिधि सभामा प्रस्तुत गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा १५७ सांसदले समर्थन गरेका थिए । प्रस्तावको विपक्षमा ११० मत परेको थियो । प्रधानमन्त्री दाहाललाई मत दिन्न भन्नेमा १ मत परेको थियो। प्रतिनिधि सभामा आज २६८ जना सांसद उपस्थित रहेका थिए।

गत फागुन २१ गते प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेससँगको गठबन्धन तोडेपछि नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी सहितका दलको नयाँ समीकरण बनेको थियो।त्यही दिन कांग्रेस सरकारबाट बाहिरिएर समर्थनसमेत फिर्ता लिएको थियो। त्यसैले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिएका हुन्।

प्रधानमन्त्री प्रचण्डले संविधानको धारा १०० को उपधारा (२) अनुसार विश्वासको मत लिएका हुन्। उक्त धारामा प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा तीस दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधि सभा समक्ष प्रस्ताव राख्नुपर्ने प्रावधान छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button