हेडलाईनसमाचारप्रदेश

मन्त्रालय भागबन्डामा लगभग सहमति टुङ्गियो : रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री बन्ने

प्रहार समाचार । काठमाडौं, फागुन २३ बुधवार ।  नया गठबन्धनमा बनेको सरकारमा मन्त्रालय भागबन्डामा लगभग सहमति टुङगिएको छ। आज दिउँसो बालुवाटारमा बसेको गठबन्धन दलहरूको बैठकले मन्त्रालय भागबण्डाको टुंगो लगाएको बुझिएको छ।

सहमतिअनुसार नेकपा माओवादी केन्द्रबाट उपप्रधान तथा परराष्ट्रमन्त्रीमा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ जानेछन्।यसको साथै  अर्थमन्त्री पनि माओवादीले नै लिने सहमति भएको छ। उपमहासचिव वर्षमान पुनलाई अर्थमन्त्री बनाउने माओवादीको निर्णय छ। सहमतिअनुसार नेकपा माओवादी केन्द्रबाट उपप्रधान तथा परराष्ट्रमन्त्रीमा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ ले पाउने भएका छन् भने  अर्थमन्त्रीमा माओवादीका  उपमहासचिव वर्षमान पुन बन्ने शाका छन्।

नेकपा (एमाले) बाट सचिव रघुवीर महासेठ उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री बन्ने सहमति भएको छ। अन्य मन्त्रीहरुको टुंगो लाग्न बाँकि छ ।रास्वपाले लिने चार मन्त्रालयको पनि टुंगो लागेको छ। सभापति रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री बन्ने भएका छन्। शिक्षा मन्त्रीमा सुमना श्रेष्ठ, युवा तथा खेलकुदमा विराजभक्त श्रेष्ठ, श्रममन्त्रीमा उपसभापति डोलप्रसाद अर्याल (डिपी) बन्ने करिब पक्का भएको छ । लामिछाने र अर्यालले यसअघि पनि सोही मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए।
गत सोमबार एमालेबाट पदम गिरी, रास्वपाबाट अर्याल र माओवादीबाट हितबहादुर तामाङ मन्त्री भएका थिए।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button