हेडलाईनसमाचारविजनेसप्रदेश

अर्थमन्त्री टुङ्गो लागेसँगै बढ्यो नेप्से : आज ३ अर्ब ४५ करोड बढिको कारोबार

प्रदार समाचार । काठमाडौ, फागुन २३ बुधवार । अर्थमन्त्रालयमा को आउने भन्ने विषय टुङ्गो नलागेसम्म उतारचढावमा रहेको बजार अर्थमन्त्री वर्षमान पुन बन्ने पक्का भएपछि बढेर ९ . ३३ अंङ्क पुगेको छ।

आज २ बजेर ६ मिनेट जाँदा घटेर १९९२.९२ विन्दुसम्म झरेको बजार सो पछि बढेर २०१७.०३ विन्दुमा बन्द भएको छ। आज बजारमा ३ अर्ब ४५ करोड ८ लाख ३८ हजार ३५७ रूपैयाँको सेयर कारोबार भएको छ।

गत कारोबार दिन अर्थात् मंगलबार ४ अर्ब ११ करोड ३६ लाख ७६ हजार ९५८ रूपैयाँको कारोबार भएको थियो।
अघिल्लो दिनको तुलनामा कारोबार रकममा ६६ करोड रूपैयाँ कमी आएको हो। यस दिन ३०८ वटा धितोपत्रको ९१ लाख ३८ हजार १५४ कित्ता सेयर किनबेच भएको हो। बुधबार १७५ कम्पनीको सेयर मूल्य बढेको छ भने ६२ वटाको घटेको छ। यस्तै, ११ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।  


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button