हेडलाईनसमाचारप्रदेश

नयाँ गठबन्धन सरकार बने पछिको असर : प्रदेश सरकारमा

प्रहार समाचार । तनहुँ, फागुन २२ मंगलवार ।प्रधानमन्त्री पुष्पकमल दाहाल ” प्रचण्ड “ले नेपाली कांग्रेस सहित पुराना मन्त्रीहरु हटाएर माओबादी एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी सम्मिलित सानो मन्त्रीमण्डल बनाए पछि त्यसको असर प्रदेश सरकारमा परेको छ ।

यसको असर गण्डकी प्रदेश सरकारमा पनि देखिएको छ।बाट नेकपा माओवादी केन्द्रका दुई जना मन्त्री लाई गण्डकी प्रदेशमा मुख्य मन्त्री सुरेन्द्र पाण्डेले बर्खास्त गरिदिएका छन्।  मुख्यमन्त्री  पाण्डेले नेकपा माओवादी केन्द्रका सामाजिक विकास मन्त्री सुशील सिम्खडा र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेशमबहादुर जुग्जालीलाई बर्खास्त गरि आफैले ति मन्त्रालय संहालेका छन्।

गण्डकी प्रदेशमा काँग्रेसका २७ जना सांसद छन् भने राप्रपाका दुइ जना र एकीकृत समाजबादीका १ जना सांसद छन् । काँग्रेसले सरकार टिकाउन ३ जना राप्रपा र एकीकृत समाजबादीका सांसदलाई आफुसंग राख्ने पहल सुरु गरेको छ ।

उता सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पनि माओवादी केन्द्रबाट सरकारमा सहभागी भएका दुई मन्त्री र एक राज्यमन्त्री लाई बर्खास्त गरेका छन् ।  नेपाली कांग्रेसबाट मुख्यमन्त्री बनेका शाहले माओवादीका सामाजिक विकासमन्त्री झपट साउद र उद्योग पर्यटन वन तथा वातावरणमन्त्री रमेश धामी तथा राज्यमन्त्री गीता माललाई बर्खास्त गरेका हुन् ।

उता कर्णाली प्रदेश सरकारमा सहभागी नेपाली काँग्रेसका ३ जना मन्त्रीहरुले पत्रकार सम्मेलन गरेर राजिनामा दिएको जनाएका छन् । त्यसै गरि कर्णालीमा पनि मन्त्रीहरूले राजीनामा दिएका हुन् । मार्ग प्रशस्त गर्नुपर्छ भनेर राजीनामा दिएको उनीहरूको भनाइ छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button