हेडलाईनसमाचारप्रदेश

एमाले राष्ट्रियसभाको प्रमुख सचेतकमा तनहुँकी भगवती न्यौपाने चयन

प्रहार समाचार । तनहु, फागुन २१ सोमवार । नेपाल कम्युनिष्ट पार्टी एमालेले राष्ट्रियसभामा दलको प्रमुख सचेतकमा तनहुँकी भगवती न्यौपानेलाई मनोनयन गरेको छ ।

एमालेका संसदीय दलका नेता केपी शर्मा ओलीले उनलाई राष्ट्रियसभाका प्रमुख सचेतकमा मनोनयन गरेका हुन् ।  एमालेको संसदीय दलको विधान–२०७७ बमोजिम  आजदेखि लागू हुनेगरी प्रमुख सचेतकमा आफूलाई पार्टी अध्यक्ष ओलीले मनोनयन गरेको न्यौपानेले बताइन् ।  “प्रमुख सचेतकको जिम्मेवारीलाई इमान्दार पूर्वक कर्तव्यनिष्ठ ढङ्गले निर्वाह गर्ने छु” उनले भनिन् ।

राष्ट्रियसभामा पार्टीका तर्फबाट प्रमुख सचेतक रहेका भैरवसुन्दर श्रेष्ठको कार्यकाल आज समाप्त भएकाले सांसद न्यौपानेलाई मनोनयन गरिएको हो । एमाले केन्द्रीय सदस्य न्यौपानेको तनहुँबाट राष्ट्रियसभामा प्रतिनिधित्व रहेको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button