हेडलाईनव्याससमाचारगण्डकीनगरपालिका /गाउँपालिका

तनहुँका दुध उत्पादक कृषकहरु  आन्दोलित :  तनहुँका कृषकले मात्रै पाँच करोड रुपियाँ भुक्तानी लिन बाँकी

प्रहार समाचार । तनहुँ, फागुन १७ विहिवार ।तनहुँका दुध उत्पादक कृषकहरु  आन्दोलित भएका छन् । तनहुँ जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घ लिमिटेडको अगुवाइमा जिल्लाका दुध उत्पादक कृषकहरूले आज  पृथ्वीराजमार्ग अवरुद्ध गरेका हुन् । कृषकहरुले तनहुँको सदरमुकाम दमौलीको भोर्लेटार चोकमा बिहान ११ बजेदेखि १ बजेसम्म दुई घण्टा राजमार्ग अवरुद्ध गरेका हुन् ।

मिल्क होलिडे बन्द गर्नुपर्ने, आयातित दुध तथा दुग्धजन्य पदार्थलाई पूर्णरुपमा बन्द गराई स्टक रहेको दुग्धजन्य पदार्थ नेपाल सरकारको कूटनैतिक पहलद्वारा अन्तर्राष्ट्रियबजारमा बिक्री वितरणको प्रबन्ध गर्नेपर्ने, दुग्ध उत्पादक कृषकलाई यस पेशामा जोगाइराख्न कृषि कर्जा अनुदान कार्यक्रम विगतका वर्षमा झैं यथाशीघ्र उपलब्ध गराउनुपर्ने माग राखी कृषकहरु आन्दोलनमा उत्रिएका हुन् । कृषकहरुले लागत मूल्य घटाउने कार्यक्रममा लिटर अनुदान कम्तीमा ५ रुपियाँ लागु गर्नुपर्ने, पशु आहार पशु औषधीसम्बन्धी पशुपालनसँग सम्बन्धित वस्तुको मूल्य राज्यले अविलम्ब नियन्त्रण गर्नुपर्ने, बिमा कार्यक्रमलाई प्राथमिकतामा राखी बिमाको रकम उपलब्ध गराउन बिमा रकम भुक्तानी सहज बनाउनुपर्ने, निर्यातित दुग्धजन्य पदार्थहरुमा अनुदानको व्यवस्था अविलम्ब गर्नुपर्ने लगायतका माग कृषकको रहेका छन।

कृषकको माग पूरा गर्न फागुन १४ गते जिल्ला प्रशासन कार्यालयमा धर्नासहित ज्ञापनपत्र बुझाइएको भए पनि सरकारले सुनुवाइ नगरेकोलेआन्दोलन गर्नुपरेको दुग्ध उत्पादक सङ्घका केन्द्रीय अध्यक्ष अम्मरबहादुर कुँवरले बताए ।
तनहुँका कृषकले मात्रै पाँच करोड रुपियाँ भुक्तानी लिन बाँकी रहेको र देशैभरका कृषकहरुले आठ अर्ब रुपियाँ भुक्तानी लिन बाँकी रहेकोले दुग्ध उत्पादक सहकारी सङ्घसँग आबद्ध ६४ जिल्लाका कृषकहरु आन्दोलनमा उत्रिनुभएको अध्यक्ष कुँवरले जानकारी दिए ।

किसानको उत्पादनको बजारीकरण राज्यले गर्नुपर्ने भए पनि वास्ता नगरेकोले आन्दोलनमा उत्रिएको व्यास नगरपालिका-१० का निवर्तमान वडाध्यक्ष तुलसीराम सापकोटा बताउँछन्।
तनहुँ सहकारी सङ्घका अध्यक्ष प्रदीपराज अधिकारीले कृषकको समस्या समाधान गर्नुपर्छ भनेर ऐक्यबद्धताकf लागि आन्दोलनमा उनु परेको बताउँदै भने  “दुधमा आत्मनिर्भर हुने अवस्था आइरहेको बेला त्यसलाई व्यवस्थापन गर्न सरकारको ध्यान पुगेको छैन, दलालको चङ्गुलमा फसेर कृषक मर्कामा परेकाले आन्दोलन गर्नुपरेको छ ।”


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button