प्रहार समाचार । तनहुँ , फागुन १६ मंगलवार ।चौथो ऋषिङ अध्यक्ष कप -२०८० को उपाधि गलकोट नगरपालिकाको हात पनि सफल भएको छ।
उपाधि जितेसँगै गलकोट नगरपालिकाले नगद एक लाख ८७ हजार हात पारेको छ । प पालिका खुला पुरूष भलिबल प्रतियोगिता सम्पन्न भएको छ। ऋषिङ गाउँपालिका -४ थप्रेकमा सञ्चालन भएको अन्तर पालिका स्तरिय उक्त प्रतियोगितामा ११ टिमको सहभागिता रहेको थियो। गलकोट नगरपालिका र शुक्लागण्डकी नगरपालिका बीच भएको फाइनल खेलमा गलकोट नगरपालिकाले प्रतियोगिताको उपाधि जिते संगै नगद एक लाख ८७ हजार हात पारेको हो ।

कार्यक्रमका प्रमुख अतिथि व्यास नगरपालिकका नगर
प्रमुख बैकुण्ठ न्यौपानेले पुरस्कार वितरण गर्दै मानव जिवनमा खेलकुँदको ठूलो महत्व रहेको चर्चा गर्दै यस्ता प्रतियोगिताले आपसी सद्भाव भाईचारा स्थापित हुने बताए ।
ऋषिङ गाउँ पालिकाका अध्यक्ष राजेन्द्र कृष्ण श्रेष्ठ, निवर्तमान जी. स. स. सदस्य निल बहादुर थापा , वडा नं- २ वडा वडाअध्यक्ष एवं खेलकुद समितिका संयोजक दल बहादुर थापाले लगायतले विजयी टिमलाई बधाई दिंदै आगामी दिनमा खेलकुँदमा शशक्त ढङ्गबाट लाग्न आग्रह गरे ।
























