हेडलाईनसमाचारगण्डकीशुक्लागण्डकी

शुक्ला गण्डकी नगरपालिका वडा नम्बर ७ काउरेमा जेष्ठ नागरिक भवनको सिलन्यास “जेष्ठ नागरिक सबैको अभिभावक “: मन्त्री आले

प्रहार समाचार । तनहुँ, फागुन १६ मंगलवार ।तनहुँको शुक्ला गण्डकी नगरपालिका वडा नम्बर ७ काउरेमा जेष्ठ नागरिक भवन बन्ने भएको छ। नयाँ बन्न लागेको भवनको आज  शिलान्यास गर्दै गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री जित प्रकाश आलेले जेष्ठ नागरिक सबैको अभिभावक भएकोले उनीहरूको हितमा प्रदेश सरकारले काम गर्ने बताए ।


मन्त्री आलेले अहिले चारैतिर नैरास्यता उत्पन्न भएको बताउँदै विकास निर्माण, शिक्षा , स्वास्थ्य  ,सूचना तथा सञ्चार क्षेत्रमा धेरै प्रगति हुँदै गएको बताए। गाउँमा रोजगारीको सिर्जनाका लागि कृषिमा व्यावसायकरण तर्फ लाग्नुपर्ने उल्लेख गर्दै त्यसका लागि प्रदेश सरकार सहयोग गर्न तत्पर रहेको  मन्त्री आलेले प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा शुक्ला गण्डकी नगरपालिकाका नगर प्रमुख कृष्णराज पण्डितले जनताको आर्थिक स्थिति माथि नउठेसम्म नगरको विकास नहुने भएकोले विकासमूलक तथा रोजगारीमूलक शिक्षा र व्यवसायिक कृषि क्षेत्रको विकासमा नगरपालिका कतिबद्ध भएर लागेको बताए ।

कार्यक्रममा नेकपा एमालेका गण्डकी प्रदेश सदस्य तारामाया थापा, शुक्ला गण्डकी  नगर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष समुन्द्रराम श्रेष्ठ ,शुक्ला गण्डकी नगर  कार्यपालिका सदस्य शारदा लम्साल , नेपाली काङ्ग्रेस क्षेत्र नं २ का क्षेत्रीय सभापति चुडामणि खनाल , शिवालय मन्दिर निर्माण समितिका अध्यक्ष  पोषराज घिमिरे, वडा नम्बर ७ का वडा अध्यक्ष खड्गबहादुर सिंह थापा ,  समासेवी ध्रुव घिमिरे, काउले टोल विकास समितिका अध्यक्ष खिमलाल गिरी लगायतले आफ्नो मन्तव्य व्यक्त गरेका थिए ।


जेष्ठ नागरिक भवन निर्माणका लागि सङ्घीय बजेट अन्तर्गत  ६० लाख विनियोजन भएको र ठेक्का समेत सम्पन्न भई शिलान्यास समेत भईसकेकाले अब काम धमाधम अगाडि बढ्ने नेपाली कांग्रेस क्षेत्र नम्बर २ का सचिव सन्तोष घिमिरेले प्रहार समाचारलाई बताए ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button