हेडलाईनसमाचारप्रदेश

रास्वपा का तीन प्रदेशमा महामन्त्री हटे :  कोशी प्रदेशका महामन्त्री  थापा निलम्बनमा

प्रहार समाचार । काठमाडौँ, फागुन १५ मंगलवार ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले तीन प्रदेशमा महामन्त्री हटाएको छ। त्यस्तै कोशी प्रदेशका महामन्त्री लालविक्रम थापा निलम्बनमा परेका छन्।

बागमती प्रदेशकी महामन्त्री जिता बरालले कार्य व्यस्ततालाई कारण देखाउँदै महामन्त्रीको भूमिकाबाट बहिर्गमित भएको पार्टी सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए। बराल २०७९ मंसिरको प्रतिनिधि सभा निर्वाचनमा चितवन निर्वाचन क्षेत्र नम्बर ३ मा उम्मेदवार थिइन्। सुदूरपश्चिमका महामन्त्री भोजराज जोशीले पनि आफैं बिदा लिएको बुर्लाकोटीले जानकारी दिए। जोशी केन्द्रीय विधेयक मन्थन विभागका सदस्यसमेत छन्।

पार्टी गठन हुँदा पद ओगट्ने तर तदनुरूपको जिम्मेवारी वहन गर्न नसक्ने प्रवृत्ति देखिँदो रहेछ। सुदूरपश्चिम र बागमती प्रदेशका महामन्त्रीहरूले कार्यव्यस्तताका कारण आफू पदमा बसिरहन नसक्ने भन्दै भूमिकाबाट अलग हुनुभएको छ,ु उनले भने। कोशी प्रदेशका महामन्त्री लालविक्रम थापाले इटहरी उपमहानगरपालिका वडा नम्बर ९ स्थित जनता माध्यमिक विद्यालयको नाममारहेको जग्गा भोगचलन गरेर भाडा नतिरेको विषय बाहिर आएकाले निलम्बन गरिएको बुर्लाकोटीले बताए।

थापा २०७९ सालको प्रतिनिधि सभाको निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवारसमेत थिए। गण्डकी प्रदेशका महामन्त्री अशोक खड्का भने कार्यसम्पादन मूल्यांकनमा कमजोर ठहरिएको बुर्लाकोटीले बताए। यस्तै रास्वपाले कर्णाली प्रदेशको कमिटी नै विघटन गर्ने निर्णय गरेको छ। गत फागुन ६ गते बसेको सचिवालय बैठकले कर्णालीको प्रदेश कमिटी विघटन गरेर तीन महिने विशेष अभियान चलाउने निर्णय गरेको थियो। त्यहाँको प्रदेशदेखि जिल्ला हुँदै वडा तहको सम्पूर्ण संरचना विघटन गरिएको सहमहामन्त्री बुर्लाकोटीले जानकारी दिए।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button