हेडलाईनसमाचारप्रदेश

लघुवित्त पिडित राज्य बाट पनि पिडित : सात दिन प्रहरी हिरासतमा बस्नु पर्ने विढम्बना

प्रहार समाचार । काठमाडौँ, फागुन १५ मंगलवार । लघुवित्तको ज्याजति सहन नसकि आन्दोलनकालागि राजधानि काठमाडौँ पुगेर न्याय माग्दै संघीय संसद भवन छिरेकाहरु राज्यबाट समेत पिडित हुन पुगेका छन् । अब उनिहरु सातदिन सम्म प्रहरीको हिरासतमा बस्न पर्ने भएको छ।


संघीय संसद भवन प्रवेश गरेका लघुवित्तका ४९ जना ऋणीहरु संसद भवन छिरेका थिए । प्रहरीले तत्काल हिरासतमा लिएको उनिहरुलाई  ७ दिन हिरासतमा राख्न काठमाडौं जिल्ला प्रशासन कार्यालयले ४९ जनालाई ७ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ।

न्याय माग्दै आन्दोलनमा उत्रिएका एक जना पुरूष र ४८ जना महिलालाई प्रहरीले पक्राउ गरेको थियो। उनीहरूमाथि सार्वजनिक शान्तिविरूद्धको कसुरमा म्याद थप भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएकाे छ। लघुवित्तको ऋण मिनाहा हुनुपर्ने लगायतको माग राखेर आन्दोलन गर्न आएका उनीहरु सोमबार संघीय संसद भवन प्रवेश गरेका थिए। उनीहरुलाई प्रहरीले पक्राउ गरी महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखेको थियो।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button