प्रहार समाचार । तनहुँ, पुस २७ शुक्रबार ।
ऋषिङ गाउँपालिकाद्वारा आयोजित तेस्रो ऋषिङ अल्ट्रा म्याराथन प्रतियोगिता २०८० को उपाधि त्रिभुवन आर्मी क्लबका २३ वर्षीय सिपाहि गोविन्द कार्की ( सङ्खसभा) ले हात पारेका छन्।
जितसंगै काकीले नगद ६५ हजार , ट्रफि, मेडल र प्रमाणपत्र हात पारे ।
ऋषिङको धारुङ गेट देखि दुबुङ भिउटावर सम्मको ४२ दशमलव २ किलो मिटरको दुरी कार्कीले २ घण्टा ५९ मिनेट ४० सेकेण्डमा पार गरेका थिए ।

यसै गरि उक्त अल्ट्रा म्याराथनमा त्रिभूवन आर्मी क्लवकै २७ वर्षिय प्यूठ गोपाल तमाङ ( रामेछाप) द्धितिय भए संङ्गै उनले नगद ४० हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरे । उनले उक्त दुरी ३ घण्टा ४६ सेकेण्डमा पार गरेका थिए। यसै गरि त्रिभुवन आर्मी क्लबकै २७ वर्षिय प्यूठ तिलक बहादुर सुनुवार( रामेछाप) तृतिय भई नगद २५ हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरे।

यसै गरि सान्त्वना चर जनामा काठमाडौंका धावक करण रावल, बैतडीका मोहनदेव जोशी, त्रिभुवन आर्मीकै जुनेस खड्का र शसत्र प्रहरी बलका निरोज भट्ट भए । उनिहरुले जनहि ५ हजार नगद, मेडल र प्रमाणपत्र प्राप्त गरे ।

यस अघि कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री जित प्रकाश आलेले यस्ता खालका प्रतियोगिताले सिङ्गो ऋषिङ गाउँ पालिकालाई विश्वमाझ पुर्याउन मद्दत पुग्ने बताए ।
कार्यक्रममा पालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ, पालिकाका प्रमुख प्रशासकिय अधिकृत चिनबहादुर रानाभाट, विभिन्न राजनैतिक दलका प्रतिनिधिहरुले म्याराथन प्रतियोगिताले पालिकाको आन्तरिक तथा बाह्य पर्यटनमा टेवा पुग्ने बताएका थिए।

म्याराथनमा विजयी धावकहरूलाई मन्त्री आले, पालिकाका अध्यक्ष श्रेष्ठ, प्रमुख प्रशासकिय अधिकृत रानाभाटले नगद, ट्रफि, मेडल र प्रमाणपत्र संयुक्त रूपमा वितरण गरेका थिए ।

























