प्रहार समाचार । काठमाडौँ, पुस १९ बिहिबार ।
नेपाली चलचित्र ‘चित्रा’को ट्रेलर सार्वजनिक गरिएको छ ।
बाबुछोरीको कथामा बनेको पारिवारिक चलचित्रमा एक्सनका दृश्यहरू समेत समावेश छन् । घनश्याम लामिछानेको निर्देशनमा बनेको चलचित्र मा पुनारादेखि नयाँ कलाकारहरूको अभिनय छ । सन्तोष अधिकारी, अर्पण थापा, प्रमोद अग्रहरी, मेनुका प्रधान, सुवेक्षा खड्का, अञ्जना बराईली, सिम्रन खड्का लगायतले चलचित्रमा अभिनय गरेका छन् ।

सन्तोष अधिकारी यही चलचित्रबाट नेपाली रजतपटमा डेब्यु गर्न लागेका हुन् । अजय अधिकारीको कथा र मनिष गौतमको पटकथा रहेको यो चलचित्रका निर्माता आशिष थापा मगर हुन् । अभिनेता अधिकारी कार्यकारी निर्माताका रुपमा समेत रहेका छन् । चलचित्र यही पुस २७ गतेबाट देशव्यापी प्रदर्शनमा आउने भएको छ ।

























