प्रहार समाचार । तनहुँ, पुस १९ बिहिबार ।
पृथ्वी राजमार्ग सडक खण्ड अन्तर्रगत तनहुँको म्याग्दे गाउँपालिका वडा नं.-६ मौरीबजारमा बिहीबार बिहान बस दुर्घटना हुँदा ३२ जना यात्रु घाइते भएका छन् ।
बिरगंन्जबाट पोखरा तर्फ जादै गरेको बागमती प्रदेश ०३–००१ ख १२०६ नंम्बरको बस अनियन्त्रित भई सडकबाट करिब ५६ फिट तल खोलामा खस्दा दुर्घटना भएको हो ।सत्र जनाको मध्यम र चौध जनाको अवस्था सामान्य रहेको तनहुँका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए ।

घाईतेहरुको उद्वार गरी विभिन्न अस्पतालमा उपचार भैरहेको छ । बस चालक कास्की अन्नपुर्ण गाउँपालिका– ६ लुम्ले बस्ने ३४ बर्षीय अन्तिम सुनार र सह चालक तनहुँ शुक्लागण्डकी–६ खैरेनीटार निवासी ३२ बर्षीय सागर श्रेष्ठको गण्डकी अस्पताल पोखरामा उपचार भैरहेको छ ।

अन्य घाइतेहरुको तनहुँको जि.पी. कोईराला श्वास प्रश्वास उपचार केन्द्र अस्पताल र पोखराका मणिपाल अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ । प्रहरीले घट्नाको बिषयमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।

घाइते मध्ये तनहुँ म्याग्दे गा.पा.वडा नं. ३ क जुक्त बहादुर प्रधानको मणिपाल शिक्षण अस्पतालमा उपचार भैरहेको छ । जि.पी. कोईराला श्वास प्रश्वास उपचार केन्द्र दुलेगौडामा उपचार भइरहेका घाइतेहरुमा भारत घर भई हाल कास्की बस्ने राजकुमार पण्डित, कमरुल मुस्लिम , सक्रण चौधरी , पप्पु मिया ,खलीफा मोहमद आरस , रामकिसोर पटेल , नौसाद आलम , मौसिद आलम ,थरजन गैठी करुण सेख , हादेब साह , सिद्धि उमर रहेका छन् । त्यसैगरि घाइते पर्सा जिल्ला घर भई हाल कास्की बस्ते जितेस यादव , राम निवास साह , बिजेष पटेल , रुकदास आलम , नौसाद अनसारी , ,धोबिनी सम्साद आलम , अबलेस अन्सारी ,मनिला चौरासिया जफरान अनसरी ,जस्मीन अन्सरी , मरीमाया खातुन गोपिलाल मुखिया बिन तथा सर्लाही जिल्लाका कृष्ण देब र सरोज कुमारको उपचार भइरहेको छ।
























