प्रहार समाचार । तनहुँ , पुस १८ बिहिबार ।तनहुँको व्यास नगरपालिका वडा नं. -१ मा रहेको आदिकवि भानुभक्त क्याम्पसका विद्यार्थीहरूले तिहारमा देउसी भैलो खेलेर सङ्कलन गरेको रकमबाट छात्रवृत्ति वितरण गरेका छन् ।
नेपाल मगर विद्यार्थी संघ, क्याम्पस इकाईले क्याम्पसमा अध्ययनरत २ जना आर्थिक रूपमा कठिन अवास्थामा रहेका बिद्यार्थीहरुलाई ६ महिना बराबरको १६ हजार २ सय छात्रबृत्ति प्रदान गरेको इकाइका अध्यक्ष निलिमा थापा मगरले बताइन् ।

ऋषिङ गा.पा. वडा नं. ७ निवासी कक्षा ११ मा गणित बिषय समूहमा अध्ययनरत विद्यार्थी संझना आलेलाई ७ हजार २ सय र म्याग्दे गा. पा. वडा नं. १ निवासी स्नातक तह प्रथम वर्ष विएड अंग्रेजी समूहका विधार्थी विमला बाचे मगरले ९ हजार छात्रवृत्ति प्राप्त गरेका छन् ।

क्याम्पस सभाकक्षमा आयोजित एक समारोहमा नेपाल मगर संघ गण्डकी प्रदेश संयोजक एवं केन्दिय सदस्य बुद्ध गर्जा मगर र क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले संयुक्त रुपमा छात्रवृत्ति रकमको बैंक चेक हस्तान्तरण गरेका थिए ।
























