प्रहार समाचार । तनहुँ, पुस १३ शुक्रबार ।
तनहुँको बन्दीपुर गाउँपालिका वडा नं ६ खहरेमा रहेको मिलिजुली युवा क्लबले छैठौं वार्षिक उत्सव तथा तमु लोसार सांस्कृतिक कार्यक्रम २०८० गर्ने भएको छ।
यही पौष १५ गतेदेखि १८ गतेसम्म सञ्चालन हुने उक्त कार्यक्रममा सञ्जीव सिंह राना , अनुराग थापा मगर ,उषा लामिछाने , मगर मनिषा मगर, भौमाया गुरुङ , भनु राना मगर लगायतका राष्ट्रिय तथा स्थानीय कलाकारहरूले आफ्नो प्रस्तुति राख्ने कार्यक्रम संयोजक एवं मिलिजुली युवा क्लबका संस्थापक अध्यक्ष सिद्धान्त गर्जा मगरले बताए ।

यसै बिच उक्त क्लबको आयोजनामा खुल्ला गाउँ तथा टोल स्तरीय पुरुष भलिबल प्रतियोगिता छैठौ मिलिजुली कप २०८० सञ्चालन हुने भएको छ । पौष १५ गतेदेखि १८ गतेसम्म सञ्चालन हुने उक्त पुरुष भलिबल प्रतियोगितामा प्रथम पुरस्कार स्वरूप ५५ हजार ५ सय ५५ ट्रफी, मेडल ,प्रमाणपत्र र खसी दोस्रो पुरस्कारको रुपमा ३३ हजार ३ सय ३३ ट्रफी, मेडल ,प्रमाणपत्र र बोका तथा तृतीय पुरस्कारस्वरूप २२ हजार २ सय २२ ट्रफी ,मेडल ,प्रमाणपत्र र दुईवटा भाले पुरस्कार राखीएको छ।

प्रतियोगितामा चौथो पुरस्कार ८ हजार ८ सय ८ रुपैया नगदसहित प्रमाणपत्र तथा सान्त्वना ४ हजार ४ सय ४ रुपैयाँ रहेको क्लबका अध्यक्ष राम गुरुङले जानकारी दिए । उक्त प्रतियोगितामा १५ गते सम्म टिम दर्ता गर्न सकिने क्लबले जनाएको छ । संस्कृतिक कार्यक्रम तथा भलिबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भइसकेको क्लबले जनाएको छ ।




















