प्रहार समाचार । तनहुँ, पुस १३ शुक्रबार । धरान उपमहानगर पालिकाका मेयर हर्क साङपाङले केन्द्र सरकारले साथ र सहयोग नगरेको भन्दै राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड ‘ को तस्बिर हटाएसंगै तस्बिर हटाउने क्रम थपिन थालेको छ ।
यसै क्रममा शुक्रबार दमकका नगरप्रमुख राम थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड ‘ र राष्ट्रपति रामचन्द्र पौडेलको तस्बिर हटाएर राष्ट्र निर्माता पृथ्वीनारायण शाहको तस्बिर आफ्नो कार्यकक्षमा राखेका छन् ।

यसका साथै नगर प्रमुख थापाले ग्रेटर नेपालको तस्बिर समेत राखेका छन्। यसैबिच धरानका क्रियाशील पाँच राजनैतिक दलले मेयर सम्पाङ निरन्तर रुपमा अराजकता, मनोमानी र उदण्डतामा प्रस्तुत भएको निष्कर्षमा पुगेका छन्।
























