हेडलाईनव्याससमाचारगण्डकी

तनहुँमा बस दुर्घटना : १५ यात्रु घाइते

प्रहार समाचार । तनहुँ , पुस १३ शुकबार
तनहुँको सदरमुकाम दमौलीबाट लमजुङको कुन्छाको लागि छुटेको बस शुक्रबार दुर्घटना भएको छ । दुर्घटनामा १५ यात्रु घाइते हुन पुगेका छन् ।


जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक दिलीप हुमागाईका अनुसार   व्यास–१० परेवा डाँडा नजिक दुर्घटनामा परि १५ यात्रु घाइते भएका छन् । ना ६ ख ५४७९ नंम्बरको बस अनियन्त्रित भई सडकदेखि करिब दश मिटर तल खस्दा उक्त दुर्घटना भएको हो ।  

घाईतेहरुको तत्काल उद्दार गरी दमौली स्थित रत्नहरी अस्पतालमा उपचार भैरहेको र घाइते सबै खतरामुक्त रहेका छन् । घाइे भएकामध्ये अधिकाँश उपचार पश्चात घर फर्किसकेको उनले बताए । 

दुर्घटनामा परि घाइते हुने हरुमा व्यास नगरपालिका–५  निवासी २१ बर्षकी अन्जना थापा,व्यास–७ बस्ने बर्ष ५४ को अर्जुन थापा,व्यास–१० निवासी ४७ बर्षकी पार्वती बि.क र व्यास–९ बस्ने बर्ष ४५ का सुक बहादुर गुरुङ , व्यास– १० कै  ४५ बर्षकी शान्ती सुनार,सोही वडाकी ३६ बर्षकी ईन्द्रकला आचार्य,व्यास–८ बस्ने बर्ष ५५ की सिता पौडेल,सोही वडाका ४५ की साबित्री पौडेल र ५ बर्षकी युबिषा पौडेल रहेका छन् । 


त्यसैगरी,भानु नगरपालिका– ११ बस्ने बर्ष ५३ का याम बहादुर गुरुङ,सोही वडाका  ६३ बर्षका मिन बहादुर गुरुङ,नवलपुर जिल्ला बौदीकाली–९ बस्ने बर्ष ५५ को सन्तलाल रजवाल,कास्की रुपा गाउँपालिका–३ बस्ने बर्ष २२ की निशा खत्री भुजेल,सोही वडा निवासी दिब्यान्सी भुजेल र सहचालक  लम्जुङ मध्य नेपाल नगरपालिका–१ बस्ने बर्ष १८ को बिकास थापा रहेको प्रहरीले जनाएको छ । 


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button