प्रहार समाचार । बाग्लुङ, पुस ११ बुधबार ।
राष्ट्रपति रामचन्द्र पौडेलले बाग्लुङ कालिकाको दर्शन एवम् पूजाअर्चना गरेका छन् ।
गण्डकी प्रदेशस्तरीय पर्यटन, कृषि, औधोगिक, व्यापारमेला एवम् सातौ बाग्लुङ महोत्सव २०८० को कार्यक्रममा सहभागी हुन बुधबार बिहान वागलुङ पुगेका राष्ट्रपति पौडेलले कालिका भगवती मन्दिर पुगेर बाग्लुङ कालिकाको दर्शन एवम् पूजाअर्चना गरेका हुन्।

राष्ट्रपतिमा निर्वाचित भएपछि पौडेल पहिलोपटक बागलुङ पुगेका हुन्। यो मन्दिर नेपालको प्रमुख धार्मिक पर्यटकीय गन्तव्यका रुपमा परिचित छ ।

राष्ट्रपति मन्दिर पुग्दा कालिका भगवती मन्दिर गुठी व्यवस्थापन समितिका पदाधिकारी, पुजारी, भक्तजन, स्थानीय जनप्रतिनिधि, प्रशासक तथा सर्वसाधारणले स्वागत गरेका थिए । साथै
राष्ट्रपति पौडेलले शालिग्राम सङ्ग्राहलयको पनि अवलोकन गरे ।
























