प्रहार समाचार । तनहुँ, पुस ११ बुधबार । आज तेस्रो जेष्ठ नागरिक दिवस ‘ जेष्ठ नागरिकको सम्मान, हाम्रो सम्यताको पहिचान ‘ भन्ने मूलनाराका साथ मनाईएको छ ।
व्यास नगरपालिका, सामाजिक विकास कार्यालय, तथा जेष्ठ नागरिक मिलन केन्द्र व्यास- ३ को आयोजनामा भएको उक्त कार्यक्रममा बोल्दै व्यास नगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्यौपानेले जेष्ठ नागरिकको योगदानको उच्च मूल्याङ्कन गर्दै जेष्ठ नागरिकको सम्मानमा व्यास नगरपालिका लागिपर्ने बताए ।

सामाजिक विकास कार्यालय तनहुँका प्रमुख विक्रम सुवेदीले जेष्ठ नागरिकले दिएको ज्ञानबाट अहिलेको पिढीले पाठ सिक्नुपर्ने बताउँदै जेष्ठ नागरिकप्रति सम्मान गर्नु सबैको कर्तव्य रहेको बताए।

त्यस अवसरमा नगरप्रमुख न्यौपाने र मिलन केन्द्रका अध्यक्ष शालिग्राम गिरीले ९२ वर्षीय चोलामणि वाग्ले र ८६ वर्षीय सावित्रा पाण्डेलाई संयुक्त रुपमा दोसल्ला ओढाई सम्मान गरिएको केन्द्रका कोषाध्यक्ष हरिशचन्द्र वाग्लेले बताए ।

कार्यक्रममा व्यास नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष मानबहादुर गुरुङ , व्यासका अध्येता काशिनाथ न्यौपाने, डा. रघुनाथ न्यौपाने, व्यास नगरपालिका महिला विकास शाखाका प्रमुख राधा वाग्ले लगायतको उपस्थिति रहेको केन्द्रका कोषाध्यक्ष हरिश्चन्द्र वाग्लेले जानकारी दिए।

त्यस अवसरमा जेष्ठ नागरिकहरूलाई मिष्ठान्न भोजन गराइएको जेष्ठ नागरिक मिलन केन्द्रका सचिव गोविन्द गिरीले बताए ।
























