हेडलाईनव्याससमाचारगण्डकी

सुन्धारा टोल  व्यास-११ द्वारा जेष्ठ नागरिकहरू सम्मानित

प्रहार समाचार । तनहुँ, पुस ११ ।
समाजका पथ प्रदर्शक जेष्ठ नागरिक हरुलाई जेष्ठ नागरिक दिवसको अवसर पारेर व्यास नगरपालिका वडा नं – ११ मा रहेको सुन्धरा टोल विकास संस्थाले बुधबार सम्मान गरेको छ ।

सुन्धारा टोल विकास संस्थाका संस्थापक सदस्य दानबहादुर भण्डारीको सक्रियतामा ७० वर्षदेखि ९९ वर्षसम्मका  जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको हो ।

९९ वर्षीय रामबहादुर कुँवरको सभापतिभएको उक्त कार्यक्रममा ९६ वर्षीय बखतनारायण श्रेष्ठले आफ्नो वाल्यकाल देखि अहिले सम्मका अनुभवहरु उत्साहका साथ सुनाउँदा सहभागीहरु हौसिएका थिए।

त्यस अवसरमा २४ जनालाई सम्मान गरिएको टोलका सल्लाहकार प्रेमबहादुर राउतले बताए ।

विगतका आफ्ना अनुभवहरु साँटासाँट गर्न पाउँदा जेष्ठ नागरिकहर निकै खुशी देखिएका टोलका सल्लाहकार प्रेमबहादुर राउतले बताए ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button