प्रहार समाचार । तनहुँ, पुस ११ बुधबार ।
रिबिल्ड नेपाल एजुकेसन फाउन्डेसनको
सहयोगमा आज तनहुँको व्यास नगरपालिका वडा नं- ४ मा रहेको वेदव्यास प्राथमिक विद्यालयका विद्यार्थीहरुलाई स्पोर्टस् ड्रेस वितरण गरिएको छ।
संस्थाबाट प्राप्त ट्रयाक, टोपी , टिसर्ट व्यास ४ का वडा अध्यक्ष मन बहादुर गुरुङ,विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उर्मिलाआचार्य , वडा सदस्य राधा वि क लगायतले संयुक्त रुपमा विद्यालयका ४६ जना छात्र छात्राहरुलाई स्पोर्ट्स ट्रेस वितरण गरेका थिए।

त्यस अवसरमा विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष वसुन्धरा घर्ती, समाजसेवी श्रीराम कार्की, माधव न्यौपाने, नारायण सापकोटा , नानुमाया बस्नेत, क्षेत्र बहादुर थापा , माधव पौडेल लगायत शिक्षक तथा अभिभावकको उपस्थिति रहेको कार्यक्रमको सहजीकरण संस्थाका स्वंसेवक सरोज वस्नेत र दिपेन्द्र सापकोटाले गरेका थिए ।

नयाँ पोसाक पाउँदा सम्पूर्ण विद्याथीहरू हर्षित भएका थिए । त्यस अवसामा विद्याथीहरुलाई सहयोग गर्ने रिबिल्ड नेपाल एजुकेसन फाउण्डेसनलाई विद्यालयका प्रधानाध्यापक सीता वाग्लेले आभार व्यक्त गरेकी थिइन् ।




















