हेडलाईनसमाचारबागमती

रूसी सेनामा भर्ना भएका सय बढि नेपालीहरू हराए : कतिपय युकेनको बन्धकमा

प्रहार समाचार । काठमाडौँ, पुस १० मंगलबार । परराष्ट्र मन्त्री एनपी साउदले रूसी सेनामा भर्ना हुन पुगेका एक सय जना नेपालीहरू हराइरहेको भन्ने उजुरी परेको बताएका छन्। 

रूसी सेनामा केही नेपाली नागरिक भर्ना भएको र त्यसमध्ये सात जना मारिएको भन्ने सूचना रूसी सरकारले नै दिएको छ,’ मन्त्री साउदले भनेका छन्, ‘यसबाहेक सय जना हाराहारीमा हराइरहेका र घाइते भएकाको उजुरी मन्त्रालयमा आएको छ। उनीहरूका परिवार र साथीभाइले खबर गरेका छन्।’

बेपत्ता भएकाको खोजीका लागि नेपालस्थित रूसी राजदूतलाई मन्त्रालयमा बोलाएको उनले बताए। राजदूतलाई आफूहरूले यसबारे चासो राखेकोबारे सरकारसम्म पुर्‍याउन स्पष्ट सन्देश दिएको पनि मन्त्री साउदले बताए।  काम गर्न, अध्ययन र भ्रमण भिसामा रूस गएका करिब दुई सय जना नेपाली युवा सेनामा भर्ना भएको आशंका गरिएको बताए।

करिब दुई सय जना काम गर्न, अध्ययन र भ्रमण भिसामा रूस गएका नेपाली युवा त्यहाँको सेनामा भर्ना भएको आशंका गरिएको छ। त्यसभन्दा केही बढी भर्ना भएको हुनुपर्छ भन्ने हो,’ उनले भने, ‘किन भने सय जना हाराहारीमा हराइरहेका र घाइते भएकाको उजुरी मन्त्रालयमा आएको छ। यो संख्या दुई सयभन्दा बढी रहेको हुन सक्ने हाम्रो अनुमान छ।’  कतिपय नेपालीहरू युक्रेनको बन्धक छन्। उनीहरूलाई छुटाउन युक्रेनी सरकारसँग पनि सम्पर्क गरेको उनले बताए।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button