प्रहार समाचार | तनहुँ, पुस ८ आइतबार ।
तनहुँको व्यास नगरपालिका वडा नं.- २ दमौली मा रहेको सत्यवती माध्यामिक विद्यालयको आज ४८ औं वाषिकोत्सव तथा अभिभावक सम्मेलन आईतबार सम्पन्न भएको छ ।
वार्षिकोत्सवको व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले उद्घाटन गर्दै नगरपालिकाले संख्याका आधारमा विद्यालयहरूमा दरबन्दि कायम गर्नै प्रतिबद्धता व्यक्त गरे । नगर प्रमुख न्यौपानेले डिजिटल शिक्षामा फड्को मार्दै सत्यवतीले सूचना तथा प्रविधि क्षेत्रको प्रतिष्ठित पुरस्कार आइसिटी अवार्ड प्राप्त गर्नु तनहुँको लागि ठुलो गौरव भएको बताउउदै विद्यार्थीहरु चिकित्सक, इन्जिनियरिङ, नसिङ लगायतक त्रमा छात्रवृद्धिमा नाम निकाल्न सफल भएकोले भविश्यमा पनि आफ्नो गौरव कामय राख्ने काम गर्ने विश्वास लिए । नगर प्रमुख न्यौपानेले सामुदायिक विद्यालयको शैक्षिक स्तर सुर्धान यही पुस १३ गते विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुको भेला डाकिएको बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष करुणराज काफ्लेको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक पुष्पकला भट्टराईले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै गुणस्तरीय शिक्षा सत्यवतीको प्रतिबद्धता रहेको बताइन ।

कार्यक्रममा नेपाली कांग्रेस तनहुँका उपसभापति देवकुमार श्रेष्ठ, नेकपा एमाले तनहुँका सचिव राजेश्वर ढकाल, श्रीराम कार्की, माओवादी व्यासनगर अध्यक्ष रामचन्द्र सापकोटा, विद्यालयका संस्थापक अध्यक्ष बुद्धिकुमार श्रेष्ठ, वडाध्यक्षहरु काशीराम श्रेष्ठ, वसन्त आले, काजिमान श्रेष्ठ, शिक्षक अभिभावक संघका अध्यक्ष सोमराज सिग्देल, बालमन्दिर माविका प्र अ राजेन्द्र खनाल विद्यालयका पूर्व प्रअ इन्द्रप्रसाद पौडेल लगायले मन्तव्य राखेका थिए ।

विद्यालयका सहायक प्रधानाध्यापक अशोक गिरीद्वारा सञ्चालित कार्यक्रममा विद्यालयको शैक्षिक तथा भौतिक विकासमा योगदान पुर्याउने विभिन्न व्यक्ति, शिक्षक तथा विद्याथीहरुलाई सम्मान गरिएको थियो ।

त्यस अवसरमा विद्याथीहरूले आ-आफ्ना अन्तरनिहित प्रतिभा तथा कलाहरू विभिन्न सांस्कृतिक कार्यक्रम मार्फत प्रस्तुत गरेका थिए ।
























