प्रहार समाचार । तनहुँ, पुस ८ आईतबार।
नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा भोलि सोमबार तनहुँ आउने भएका छन् ।
देउवा दमौली स्थित विपी स्मृति भवन उद्घाटन तथा कांग्रेस तनहुँको जिल्ला सम्मेलनमा सहभागीहुन तनहुँ आउने नेपाल प्रेस युनियन तनहुँले आईतबार गरेको पत्रकार सम्मेलनमा प्रचार प्रसार समितिका संयोजक डम्बरबहादुर अधिकारीले जानकारी दिए । संयोजक अधिकमीले विपी स्मृति भवन सिंगर पटार तथा जिल्ला सम्मेलनको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिए ।

नेपाली काँग्रेस तनहुँको भवन कात्तिक २४ गते उद्घाटन गर्न भनिएकोमा जाजरकोट र रुकुममा भुकम्प गएकोले कार्यक्रम स्थगित गरिएको र त्यही रोकिएको कार्यक्रमलाई पुस ९ गतेलाई तय गरिएको नेपाली काँग्रेस तनहुँले जनाएको छ ।
एक हजार आठ सय ४७ जना चन्दादाताबाट संकलित एक करोड ७२ लाख रुपैयामा आठ आना जग्गामा भवन निर्माण गरिएको पत्रकार सम्मेलनमा जानकारी दिईएको थियो । पुस १० मङ्गलबार दमौलीमा जिल्ला सम्मेलन हुनेछ । नेपाल प्रेस युनियन तनहुँका अध्यक्ष गोरा मियाको अध्यक्षतामा भएको पत्रकार सम्मेलनको थियो सहजिकरण सचिव उपेन्द्र खनालले गरेका थिए।
विपी स्मृति भवन उद्घाटन तथा जिल्ला सम्मेलनको लागि नौ वटा उप समिति गठन गरिएको छ ।

कार्यक्रममा केन्द्रीय पदाधिकारीहरु, पूर्वपदाधिकारीहरु, गण्डकी प्रदेशका पदाधिकारी, जिल्ला पदाधिकारी तथा सदस्यहरू, प्रतिनिधि सभा निर्वाचन क्षेत्रका पदाधिकारी तथा सदस्यहरू, प्रदेश निर्वाचन क्षेत्रका पदाधिकारी तथा सदस्यहरू, पालिकाका पदाधिकारीहरू तथा सदस्यहरू, वडाका पदाधिकारी तथा सदस्य, टोल समितिका पदाधिकारी तथा सदस्यहरु सहभागी हुनेछन् ।

सभापति आउने कार्यक्रमको सहभागिताको लागि जिल्लाका कांग्रेसका सम्पूर्ण नेता तथा कार्यकर्तालाई कांग्रेस तनहुँले आह्वान गरेको छ । भवन उद्घाटन कार्यक्रममा चन्दादातालाई सम्मानको कार्यक्रम राखिएको पत्रकार सम्मेलनमा जानकारी दिईएको थियो ।
























