प्रहार समाचार । तनहुँ, पुस ५ बिहिबार ।
तनहुँ जिल्लाको आँबुखैरेनी गाउँपालिका वडा नम्बर २ ट्राफिक पोस्ट स्थित पृथ्वीराजमार्ग खण्डमा सवारी साधन चेक गर्ने क्रममा बाउन सुगर सहित एकजाना पकाउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक मोहनबहादुर खड्का अनुसार बुधबार काँकट भित्ताबाट पोखरातर्फ जान लागेको ग २ ख १३८८ नम्बरको यात्रुवाहक बस रोकी चेक जाँच गर्ने क्रममा प्रतिबन्धित लागुऔषध बरामत भएको हो।
बसमा यात्रा गर्ने झापा कन्काई नगरपालिका वडा नम्बर ३ बस्ने ३३ वर्षीय अनिरुद्र मिश्रको साथबाट २४. ५७० ग्राम ब्राउन सुगर फेला परेको हो। यस बारेमा प्रहरीले थप अनुसन्धान अगाडी बढाएको छ।
























