प्रहार समाचार । तनहुँ, पुस १ आइतबार ।
तनहुँको व्यास नगरपालिका ५ पर्यटकीय स्थल मानुङकोटमा आदिकवि भानुभक्त क्याम्पस व्यवस्थापन विद्यार्थी सर्कलले सरसफाई गरेका छन्।
आदिकवि भानुभक्त क्याम्पसमा गठित व्यवस्थापन विद्यार्थी सर्कलले शनिवार मानुङकोट परिसर सरसफाई गरेको हो । व्यवस्थापन विद्यार्थी सर्कलको काम क्याम्पस बाहिर पनि अगाडि बढाउने उद्धेश्यले सरसफाई कार्यक्रमको सुरुवात गरेको सर्कलकी अध्यक्ष निशा भण्डारीले जानकारी दिइन्।

मानुकोट पर्यटकीय स्थलको रुपमा विकास हुँदै गर्दा यहाँको सरसफाई पनि ध्यान दिनु पर्नेमा सर्कलका सहसचिव सुस्मा श्रेष्ठले बताए। साथै सर्कलले ५ थान डस्विन मानुङकोट परिसरमा राखेको सर्कलकी सहसचिव सुष्मा श्रेष्ठले जानकारी दिइन्।




















