हेडलाईनव्याससमाचारगण्डकी

तनहुँको सदरमुकाम दमौलीमा भक्तिमय  श्रीमद् भागवत ज्ञान महायज्ञ संञ्चालन हुने

प्रहार समाचार । तनहुँ, मंसिर २६ मंगलबार । तनहुँको सदरमुकाम दमौलीमा भक्तिमय  श्रीमद् भागवत  ज्ञान महायज्ञ संञ्चालन हुने भएको छ।


आफ्नो धर्म संस्कृति, परम्परा, निष्ठालाई अक्षुण राख्ने उद्देश्यले तथा दिवंगत भएका व्यक्तिहरूको आत्माको चिर शान्तिको कामनाकालागि र सबै व्यक्तिहरुले घरघरमा महायज्ञ लगाउन नसक्ने भएकाले भक्तजनहरुको आत्मा कल्याणकालागि .महायज्ञ सञ्चालन गर्न लागिएको श्रीकृष्ण द्वैपायन  जेष्ठनागरिक सत्संग समिति, शिवपाञ्चायन मन्दिर संरक्षण समितिका अध्यक्ष प्रेमप्रकाश भट्टराईले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

पत्रकार सम्मेलनमा बोल्दै  ज्ञान महायज्ञका संरक्षक डा.रघुनाथ न्यौपानेले समाजमा हत्या, हिंसा र नराम्रा कामको बिगबिगी बढेकोले समाजलाई सत्मार्गमा डोर्‍याउन कार्यक्रम आयोजना गर्न लागिएको बताए । कार्यक्रममा नेपाल निम्बार्क परिषद्का केन्द्रीय अध्यक्ष प्राध्यापक आचार्य हरिशरण देवजी महाराजको प्रमुख आतिथ्यता र व्यासका अध्येता  काशीनाथ न्यौपानेको प्रमुख वाचकत्वमा उक्त श्रीमद् भागवत् ज्ञान महायज्ञ सञ्चालन गरिन लागेको समितिका सचिव कृष्णराज वाग्लेले जानकारी दिए।

कार्यक्रममा उच्च अदालतका पूर्व न्यायाधीश विष्णुदेव पौडेल, मूल समारोह समितिका संरक्षक डा. रघुनाथ न्यौपाने, व्यासका अध्येता काशीनाथ न्यौपाने लगायतले महायज्ञलाई सफल पार्नआग्रह गरे ।  व्यास नगरपालिका वडा नम्बर ३ शिवपाञ्चन मन्दिर परिसर भित्र रहेको श्रीकृष्ण द्वैपायन  जेष्ठनागरिक सत्संग समितिको भवनमा यही मङ्सिर २८ गतेदेखि पौष ६ गतेसम्म महायज्ञ सञ्चालन हुनेछ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button