हेडलाईनव्याससमाचारगण्डकी

उद्यमशील सहकारीको  चौथो साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न : अध्यक्षमा पुनः श्रेष्ठ

प्रहार समाचार । तनहुँ, मंसिर २४ आईतबार । तनहुँको  व्यास नगरपालिका–२ मा रहेको उद्यमशील बचत तथा ऋण सहकारी संस्थाको चौथो साधारण सभा तथा दोस्रो अधिवेशन शनिबार समन्न भएको छ ।


उक्त अधिवेशनको फोनपे गरेर उद्घाटन गर्दै गण्डकी प्रदेशका  सांसद अशोक कुमार श्रेष्ठले पछिल्लो समय सहकारी प्रति जनतामा नकारात्मक भावना फैलिएकाले आथिक पारदर्शीतामा सहकारी संस्थाहरु चुस्त र दुरुस्त हुनुपर्नेमा जोड दिए ।

उक्त सहकारीको अधिवेशनले पुनः इन्द्रलाल श्रेष्ठ ‘विकल्प’ लाई अध्यक्षमा सर्वसम्बत चयन  गरेको छ । संस्थाको उपाध्यक्षमा रामचन्द्र भट्ट,सचिवमा पूर्ण बिके,कोषाध्यक्षमा भीमसिं ठकुरी चयन भएका छन् ।

कार्यसमिति सदस्यहरुमा राजेन मिया,अग्निधर खनाल,राधिका लम्साल,आसकाजी श्रेष्ठ लगायतका चयन भएका छन् । त्यसैगरी लेखा समिति संयोजकमा अमर थापा चयन भएका छन् भने सदस्यमा याम बतास र पुष्प श्रेष्ठ चयन भएका छन् ‘


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button