हेडलाईनसमाचारबागमती

पेस्तोल र  गोली सहित ३ जना  पक्राउ

प्रहार समाचार ।मकवानपुर, मंसिर २३ शनिबार । हेटौंडा उपमहानगरपालिका-१० बाट  पेस्तोल र गोलीसहित सोही उपमहानगरपालिका-९ बस्ने तीन जना पक्राउ परेका छन्।

पकाउ पर्ने भा ३३ वर्षीय निश्चल पौडेल, ३५ वर्षीय गणेश घले र ३० वर्षीय प्रितम क्षेत्री रहेको प्रहरीले जनाएको छ । सोही उपमहानगरपालिका-९ स्थित सूर्य प्रसाद पौडेलको घरमा मंसिर १८ गते गोली प्रहार भएको घटनाको अनुसन्धानको क्रममा घटनामा उनीहरूको संलग्नता खुल्न आएपछि जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उनीहरूलाई शुक्रबार पक्राउ गरेको हो ।

उनीहरूबाट हतियार सफा गर्ने रड १ थान, लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ४ सय मिलिग्राम, लागूऔषध तौल गर्ने डिजिटल तराजु २ थान, मोटरसाइकल २ थान, मोबाइल ५ थान, नगद ५० हजार रूपैयाँ र घटनामा प्रयोग भएको कपडा १ थान समेत प्रहरीले बरामद गरेको छ । यस सम्बन्धमा प्रहरी आवश्यक अनुसन्धान गरिरहेको छ ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button