प्रहार समाचार । तनहुँ, मंसिर २२ शनिवार ।
जि.आर. इलेक्ट्रोनिक्स सप्लायर्स व्यास- ३ दमौलीले खेलाडीहरुलाई सम्मान गरेको छ । शनिबार जिआरले ग्यालेक्सी युवा क्लव शिशाघाटद्धारा आयोजना गरिएको सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगितामा विजेता बनेका टिम क्याप्टेन दिपक थापा लगायत दश जना खेलाडीहरुलाई सम्मान गरेको हो ।
खेलाडीलाई हौंसला प्रदान गर्नको लागि सम्मान गरिएको जिआर इलेक्ट्रोनिक्सका सञ्चालक गौरव खड्काले जानकारी दिए ।सम्मान कार्यक्रममा नेपाल पत्रकार महासंघ तनहुँका पूर्व अध्यक्ष डम्बर अधिकारीले खेल क्षेत्रको विकासका लागि जिआर इलेक्ट्रोनिक्सले पुरयाएको योगदान प्रशंसनीय रहेको बताए । कार्यक्रममा पराशर टोल विकास संस्थाका उपाध्यक्ष अजित पन्थ, एलायन्स क्लब अफ दमौलीका उपाध्यक्ष अमित कैनी लगायतले खेलाडीलाई गरिएको सम्मानले उनीहरुको मनोबल बढ्ने विश्वास व्यक्त गरेका थिए।

सम्मान कार्यक्रममा तनहुँका प्रहरी प्रमुख एसपी अवदेष विष्ट, पत्रकार महासंघका पूर्व उपाध्यक्ष एवं ‘प्रहार अनलाईन मिडिया हाउसका अध्यक्ष तथा ‘ प्रहार समाचार’का सम्पादक शंकरराज नहर्की र प्रेस युनियन तनहुँका पूर्व अध्यक्ष अमरराज नहर्की लगायतको उपस्थिती रहेको थियो ।

सम्मानित खेलाडीहरुमा उमेश थापा, रवि ठकुरी, ऐन्जेल श्रेष्ठ, आशिष राई, रोनिष थापा, शिशिर खत्री, आदेश श्रेष्ठ, अनिल आले मगर र रोशन राई रहेका छन्। उनिहरुले १ लाख ११ हजार १ सय १५ रुपैया नगद सहित मेडल र ट्रफि जित्न सफल भएका थिए ।
























