आँबुखैरेनीहेडलाईनसमाचारगण्डकीऋषिङम्याग्देखेलकुद

पाँचौं विद्यालय स्तरीय अध्यक्ष कप एवं राष्ट्रपति रनिङशील प्रतियोगिता २०८० रिसिङमा सुरु

प्रहार समाचार । तनहुँ, मंसिर २१ बिहिबार । विद्यार्थीहरूमा रहेको अन्तर्निहित प्रतिभाको प्रस्फूटन गराउने उद्देश्यले पाँचौं विद्यालय स्तरीय अध्यक्ष कप एवं राष्ट्रपति रनिङशील प्रतियोगिता २०८० ऋषिङ गाउँ पालिकामा बिहिबार बाट सुरु भएको छ ।

ऋषिङ १ मा रहेको शुक्ला माध्यमिक विद्यालयको प्राङ्गणमा सुरु भएको उक्त प्रतियोगिताको उद्घाटन गर्दै गण्डकी प्रदेशका सभासद् अशोक कुमार श्रेष्ठले पढाइसँगै विद्यार्थीहरूले खेलकुदमा पनि आफ्नो क्षमता अभिवृद्धि गर्नुपर्ने बताए ।  ‘यस्तै प्रतियोगिताले राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीहरू जन्माउनेमा निश्चित छ ।’ श्रेष्ठले भने । सबै विद्यार्थीहरुमा एउटै ज्ञान सिप र क्षमता नहुने भएकाले आफ्नो क्षमता रुचि र चाहना कुन क्षेत्रमा बढि छ पढाइलाई पहिलो प्राथमिकतामा राखेर सोहि क्षेत्रमा अगाडी बढ्न पनि सांसद श्रेष्ठले सुझाए ।

गाउँपालिकाका अध्यक्ष राजेन्द्र कृष्ण श्रेष्ठले पालिकाले विद्यार्थीहरूको चौतर्फिविकासका लागि प्रत्येक वर्ष यथोचित बजेट विनियोजन गर्दै विद्यार्थीहरूमा थप हौसला प्रदान गरेको बताए। पालिकाका उपाध्यक्ष गिनुमाया  थापा, प्रमुख प्रशासकीय अधिकृत  चिन बहादुर रानाभाट , शिक्षा शाखा प्रमुख सुवास चन्द्र रानाभाट,विद्यालयका प्रधानाध्यापक केशर थापा मगर लगायतले खेलकुदको विकासमा सबै क्षेत्रको साथ र सहयोगको अपेक्षा  गदै यस्ता प्रतियोगिताले विद्याथीहरुमा शारिरिक, मानशिक तथा संबेगात्मक विकासमा टेवा पुग्ने बताएका थिए ।

पालिका भित्र रहेका ११ वटा माध्यमिक विद्यालयका पुरुष तथा महिला विद्यार्थीहरूको सहभागिता रहेको प्रतियोगितामा एक सय देखि १६ सय सम्मको दौड,  भलिबल, ज्याब्लिङ थ्रो, हाइजम , लमजम्प , त्रिपलजम्प लगायतका खेलहरु समावेश रहेको  जय दुर्गा माध्यमिक विद्यालयका शिक्षक बसन्त संगम गिरीले बताए ।


‘स्वास्थ्यका लागि खेलकुद , राष्ट्रका लागि खेलकुद ‘ भन्ने मूल नाराका साथ सञ्चालित तीन दिवसीय उक्त पाँचौं विद्यालय स्तरीय अध्यक्ष कप एवं राष्ट्रपति रनिङशील प्रतियोगिता को कार्यक्रम रेसिङ गाउँपालिकाका खेलकुद विकास समितिका अध्यक्ष दलबहादुर थापाको सभापतित्वमा सम्पन्न भएको थियो।

प्रतियोगिता आइतबारसम्म चल्ने छ । यसै बिच आँबुखैरेनी, म्याग्दे लगायतका पालिका हरुमा पनि राष्ट्रपति शिल्ड रनिङशील प्रतियोगिता सञ्चालन भएको बताईएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button