प्रहार समाचार । तनहुँ, मंसिर २१ बिहिबार । तनहुँको व्यास नगरपालिका – १ विज्ञानचौरमा रहेको आदिकवि भानुभक्त क्याम्पसमा गठित नेपाल युवा रेडक्रस सर्कल आदिकवि भानुभक्त क्याम्पसको अध्यक्षमा सुमन खड्का चयन भएका छन् ।
विहिवार क्याम्पसको सभा हलमा भएको १० औ अधिवेशनबाट अध्यक्षमा खड्कालाई चयन भएका हुन्।

उपाध्यक्षमा पुष्प पण्डित,सचिवमा मौसमी थापा मगर, कोषाध्यक्षमा रोशन ओझा, सह-सचिवमा सरिता सार्की र उप- कोषाध्यक्षमा प्रियंका तिवारी चयन भएका छन् ।
बोर्ड सदस्यहरुमा सुनिता पन्थ, सुशीला लम्साल, प्रियंका सुनार, अस्मिता पौडेल र शित्तल विकभएका छन् ।
























