हेडलाईनसमाचारभानुगण्डकी

‘शिक्षामा सुधार गर्न नसकेकोले युवा विदेशिन बाध्य भएका हुन्’ – पूर्व शिक्षा मन्त्री जोशी

प्रहार समाचार ।तनहुँ, मङ्सिर २१ बिहिबार । नेपाली कांग्रेसका पूर्व सहमहामन्त्री तथा पूर्व शिक्षा मन्त्री गोविन्दराज जोशीले शिक्षामा सुधार गर्न नसकेकोले युवा विदेशिन बाध्य भएकोले वर्तमान शिक्षा पद्धति नै परिबर्तन गर्न आवश्यक रहेको बताएका छन् ।


बुधबार भानु नगरपालिका–११ मानेचौका स्थित त्रिभुवन क्याम्पसको रजत जयन्तीको उद्घाटन गर्दै नेता जोशीले नेपालको शिक्षा क्षेत्रमा जटिल अवस्था हेकाले यस क्षेत्रमा ठूलो संरचनागत परिवर्तनको खाँचो औंल्याए ।  ‘नेपालमै बस्न सक्ने , गुणात्मक परिवर्तन के हुन्छ भन्ने बारे छलफल नभएकोले नेपालमा बेरोजगारी समस्या बढेको छ ‘। नेता जोशीले भने ।

   नेपाली कांग्रेस तनहुँका उपसभापति देवकुमार श्रेष्ठ,  भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठी, पूर्व प्रमुख उदयराज गौली, विपी विचार समाजकी केन्द्रीय सदस्य बालकुमारी लोहनी,   विपी केन्द्रीय सदस्य बालकुमारी लोहनी क्याम्पस प्रमुख रविन्द्रराज जोशी भान- ११ का वडाध्यक्ष बिमलराज जोशी,  पूर्कोट कालिका क्याम्पसका प्रमुख ओजराज बगाले, पूर्व क्याम्पस प्रमुख दीपेन्द्र पौडेल लगायतले युवाहरु बिदेशिने क्रम बढेकाले गाउँका क्याम्पस तथा विद्यालय  खाली हुन थालेकाले  समस्या समाधानको लागि सरकारले ध्यान दिनुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रमा क्याम्पसको शैक्षिक तथा भौतिक विकासमा योगदान पुर्‍याउने विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो । कार्यक्रम क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष टेकबहादुर गुरुङको अध्यक्षतामा समान्न भएको थियो।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button