प्रहार समाचार । तनहुँ, मंसिर २० बुधबार ।
तनहुँ जिल्लाको आबुखैरेनी गाउँपालिका वडा नम्बर ४ बेनीघाट स्थित पृथ्वीराजमार्ग सडक खण्डबाट लागू औषध सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा गोरखा सिरानचोक गाउँपालिका वडा नम्बर २ थालाजुङ स्थायी घर भई हाल भरतपुर महानगरपालिका वडा नम्बर २० बस्ने २६ वर्षीय विजय गुरुङ रहेको प्रहरीले जनाएको छ ।
गुरुङलाई मुग्लिनबाट आँबुखैरेनी तर्फ पैदल आउँदै गर्दा संङ्का लागि उनले बोकेको झोला खानतलासीका क्रममा प्रतिबन्धित लागू औषध डिजापेम लगायत अन्य २१ थान लागूऔषध बरामद भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक एवं सूचना अधिकारी मोहनबहादुर खाँणले बताए ।




















