हेडलाईनसमाचारभानुगण्डकी

भानुमा सामुदायिक विपद् प्रतिकार्य तालिम

प्रहार समाचार । तनहुँ, मंसिर १९ मंगलबार । तनहुँ जिल्लाको भानु नगरपालिकामा सामुदायिक विपद प्रतिकार्य तालिम सुरु भएको छ ।
विपद आउनु पूर्व, आईसकेपछि अपनाउनु पर्ने र गर्नु पर्न कार्यको बारेमा व्यवहारिक ज्ञान दिने उद्देश्यले उक्त तालिमको आयोजना गरिएको भानु नगरपालिकाका नगर प्रमुख आनन्दराज त्रिपाठीले बताए।

‘ विपद जुनसुकै बेलामा पनि आउन सक्ने भएकाले जनतालाई सचेत गराउन कार्यक्रम आयोजना गरेका हौं’ नगर प्रमुख त्रिपाठीले भने ।
नगरपालिकाको आयोजना र भानु १ भन्सार हात्तीचौरमा रहेको नेपाली सेनाको रुरु भैरब दल गणको सहकार्यमा सोमबार बाट तालिम शुरु भएको हो ।

तालिममा नेपाली सेनाको रुरु भैरब दल गण हात्तीचौरका गणपति प्रमुख सेनानी हिमाचल जङ शाहले विपद्ले जनधनको अकल्पिनिय क्षति हुन सक्ने भएकाले विपद् आउनु अगाबै सबै सचेत रहनु पर्ने मा जोड दिए। तालिममा ४० जनाको सहभागिता रहेको नगरपालिकाले जनाएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button