हेडलाईनसमाचारसबै प्रदेश

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा छठी माताको पूजा आराधना

प्रहार समाचार । काठमाडौं, मंसिर ३ आइतबार।
राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सविता पौडेलका साथ गौरीघाट र कमलपोखरीमा निर्माण गरिएको छठ पूजास्थलमा पुगेर आज छठी माताको पूजा आराधना गरेका छन्।

ती पूजा स्थलमा पुगी राष्ट्रपति पौडेलले अस्ताउँदो सूर्यलाई अर्घदान गरेका हुन् । राष्ट्रपतिले सुरुमा पशुपति क्षेत्रस्थित गुह्वेश्वरी मन्दिर,  गुह्वेश्वरी र कमलपोखरीमा रहेको छठ पूजास्थलमा पुगेर पूजा आरधना गरे । राष्ट्रपति पौडेल गुहृेश्वरीमा पुग्दा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती,  प्रदेशसभा सदस्य श्रीराम लामिछाने, पशुपति विकास कोषका पदाधिकारी , काठमाडौं  महानगरपालिका वडा नम्बर ८ का वडाअध्यक्ष आशामान संगत,छठ पूजा आयोजक समितिका  पदाधिकारीहरूले स्वागत गरेका थियो ।

राष्ट्रपति कमलपोखरीको पूजास्थल  पुग्दा प्रतिनिधिसभा सदस्य एंव पूर्वमन्त्री गगनकुमार थापा, काठमाडौ महानगरपालिकाका प्रमुख बालेन्द्र साह, उपप्रमुख सुनिता डंगोल, महानगरका वडाअध्यक्षहरु, छठ पूजा आयोजक समितिका पदाधिकारीहरूले स्वागत गरेका थिए ।

   

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button