हेडलाईनसमाचारगण्डकी

‘संविधान बनाउन दिन नचाहने तावहरू नै  संघियता विरोधी हुन्’ – प्रधानमन्त्री  ‘प्रचण्ड’

प्रहार समाचार । तनहुँ, मंसिर १ शुक्रबार ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  सुरुदेखिनै संविधान बनाउन दिन नचाहने र गणतन्त्र विरोधिहरु नै अहिले संघियता विरुद्ध लागेको बताएका छन् । ” गणतन्त्र स्थापना को ‘डे वान’ देखि नै षड्यन्त्र गर्ने हरु हामीलाई थाहा छ, तिनीहरुले केहि गर्न नसक्ने र यो गठबन्धन पाँचै वर्षसम्म चल्ने छ’ प्रधानमन्त्री दाहालले भने ।

तनहुँको आँबुखैरेनी गाउँपालीका द्वारा स्थापना गरिएको १५ शैयाको अस्पतालको शुक्रबार उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले आफू सुशासनको पक्षमा रहेकोले भ्रष्टचारी, भूमाफिया लगायतलाई कारबाहि गरेको र अझै यस्ता तत्वहरुलाई कारबाही गरिने र देश र जनताको काममा आफू हरपल खटिइरहने बताए । प्रधानमन्त्रीले भने ‘१२ बुँदे समझदारीका पक्षधर शक्ति परिवर्तनको रक्षाका निम्ति एकैठाउँ छौं,त्यसैले प्रतिगामी दुस्साहसलाई दृढताका साथ परास्त गर्छौं । हाम्रो पार्टी नेतृत्वको सरकारले देश र जनताका पक्षमा महत्त्वपूर्ण कामहरू गरेको छ। भ्रष्टाचार नियन्त्रण, सुशासन स्थापित,जनतालाई सेवा दिने कुरामा हामी इमानदार भएर लागेका छौं । भ्रष्टाचारका फाइलहरू खोलिँदैछ, यो प्रक्रिया रोकिन्न। सरकारले राम्रो काम गरेका कारण प्रतिगामीहरू आत्तिएका छन्” प्रधानमन्त्रीले जोड दिए।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले केन्द्र सरकारले संघिय सरकारलाई पूर्ण अधिकार दिनुपर्ने चर्चा गर्दै लोकतान्त्रिक गणतन्त्रको बिकल्प हुन नसक्ने बताए ।
कार्यक्रममा सांसदद्धय शंकर भण्डारी, डा. स्वणीम वाग्ले लगायतले पालिकाले स्थापना गरेको अस्पताको स्तरोन्नति गरिनुपर्ने बताए । कार्यक्रम आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानको सभापतित्वम सम्पन्न भएको थियो।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button