प्रहार समाचार । नवलपरासी, कार्तिक २६ आइतबार ।
नवलपरासीको देवचुली नगरपालिका–९ स्थित एसमोडमा आइतबार जिप दुर्घटना दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । उनिहरुको घटनास्थलमा नै मृत्यु भएको र एक जना गम्भीर घाइते भएको प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले जानकारी दिइन् ।
मृत्यु हुनेमा तीन जना महिला र तीन जना पुरुष रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी वेदबहादुर पौडेलले जानकारी दिए ।
बुलिङटारबाट कावासोतीका लागि हिंडेको लु २ ज ३२७० नम्बरको जिप दुर्घटना भएको हो ।
जिपमा ७ जना सवार थिए । एकजना घाइतेलाई उपचारका लागि चितवन पठाइएको छ । मृतकको सनाखत भइनसकेको डीएसपी पौडेलले बताए ।













thank you for your support