हेडलाईनसमाचार

नवलपरासीमा जिप दुर्घटना : मृतकको सनाखत हुँदै

प्रहार समाचार । नवलपरासी, कार्तिक २६ आइतबार ।
नवलपरासीको देवचुली नगरपालिका–९ स्थित एसमोडमा आइतबार जिप  दुर्घटना   दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।  उनिहरुको घटनास्थलमा नै मृत्यु भएको र एक जना गम्भीर घाइते भएको प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले जानकारी दिइन् । 

मृत्यु हुनेमा तीन जना महिला र तीन जना पुरुष रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी वेदबहादुर पौडेलले जानकारी दिए । 
बुलिङटारबाट कावासोतीका लागि हिंडेको लु २ ज ३२७० नम्बरको जिप  दुर्घटना भएको हो । 
जिपमा ७ जना सवार थिए । एकजना घाइतेलाई उपचारका लागि चितवन पठाइएको छ । मृतकको सनाखत भइनसकेको डीएसपी पौडेलले बताए ।



 

Show More

Related Articles

One Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button