हेडलाईनव्याससमाचारगण्डकी

व्यास नगरपालिकाले वितरण गर्यो किसानालाई आलुको विउ

प्रहार समाचार । तनहुँ, कार्तिक २६  आईतबार ।
व्यास नगरपालिकाले कृषकलाई ५० प्रतिशत अनुदानमा आलुको बीउ वितरण गरेको छ । जनकदेव र एमएस प्रजातिको उन्नत आलुको बीउ कृषकलाई वितरण गरिरहेको नगरपालिकाका कृषि प्राविधिक प्रतिमा बगालेले बताइन् ।


उनका अनुसार कूल जनकदेव २० टन (४३५ किलो) र एमएस १९ टन (४०५ केजी) आलु कृषकलाई वितरण गरिनेछ । एमएस प्रजातिको आलुको बीउ प्रतिकेजी २७ रुपैया ५० पैसा पर्दछ भने जनकदेव प्रजातिको आलुको बीउ प्रतिकेजी र ३२ रुपैया ५० पैसा पर्दछ ।
नगरपालिकाले खरिद गरी किसानलाई ५० प्रतिशत अनुदानमा उपलब्ध गराएर उन्नत आलु उत्पादनलाई जोड दिइएको नगर प्रमुख वैकुण्ठ न्यौपानेले बताए । विशेषगरी नगरपालिकाको वडा नम्बर ५ को साँगे,  वडा नम्बर ६ को   शिशाघाट, वडा नम्बर ७ को कलेस्ती, ९ नम्बरको गजौडे, माझफाँट, १० र ११ नम्बर वडाको सबै क्षेत्रमा आलु खेती राम्रो हुने गरेको छ । नगपालिका भित्रका १ सय ३० टोलका समूहलाई मागका आधारमा आलुको विउ बितरण गरिएको हो।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button