हेडलाईनमनोरञ्जन

दिमाग खराब हेर्नै पर्ने चलचित्र

प्रहार समाचार। काठमाडौँ,कार्तिक २६ आईतबार।

सामाजिक एवं राजनीतिक विषय बोकेको चलचित्र “दिमाग खराब” गत कार्तिक २४ गते बाट हलमा लागिसकेको छ। लूट , लूट २, टलक जङ भर्सेस टुल्के, जस्ता हिट साबित भइसकेको चलचित्र पछि निर्देशकको भूमिकामा आएका निश्चल बस्नेतले दिमाग खराबमा पनि बलियो सँग कथा बस्तु लाई समेट्दै ‘के होला’ अब भन्ने कौतुहलता अन्तिम सम्म कायम गर्न सफल भएका छन्। दयाहाङ्ग राई, स्वस्तिमा खड्का, खगेन्द्र लामिछाने, सुमन कार्की, अर्पण थापा लगायत का कलाकारको दमदार अभिनय ले अझै सुगन्ध थप्न सफल भएको छ। चलचित्रको प्रिमियर को दिन मेयर बालेन शाह, सांसद रवि लामिछाने, सोवित गौतम को उपस्थिति थियो। ‘ एक पटक सबैले हेर्नै पर्छ, भन्दै रवि लामिछाने ले प्रसंशा गर्दै थिए। कलाकार हरु मा दीपक राज गिरी, हरिवंश आचार्य, साजन श्रेष्ठ लगायत अन्य कलाकारको उपस्थिती थियो। विश्वकप मा छनौट भएका नेपाली राष्ट्रिय क्रकेट टिमका खेलाडी कुशल भुर्तेल, रोहित पौडेल, सोमपाल कामी को पनि उपस्थिति थियो।


 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button