हेडलाईनव्याससमाचारगण्डकी

देउसी भैलो : रातीको ९ बजेसम्म मात्र खेल्न पाईने

प्रहार समाचार । तनहुँ, कार्तिक २५ शनिबार ।
देउसी-भैलो संस्कृतिमा देखिएको विकृति विसंङ्‌गती रोक्न तथा जिल्लाको शान्ति सुरक्षालाई मध्यनजर राख्दै जिल्ला प्रहरी कार्यालय तनहुँले रातीको ९  बजेसम्म मात्र देउसी – भैलो खेल्न पाइने जनाएको छ । देउसी- भैलो खेल्दा  संयमितता अपनाउन पनि प्रहरीले आग्रह गरेको छ ।


यसैबीच प्रहरीले चाडपर्वको बेला कालोबजारी हुन सक्ने भएकाले उपभोक्ताहरु स्वयं नै सचेत रहन तथा म्याद नाघेका सामग्रीहरु बिक्री वितरण नगर्न, पटका भुइँचम्पा  जस्ता  विस्फोटक वस्तुहरूको विक्री वितरण नगर्न समेत जिल्ल प्रहरी कार्यालय तनहुँका प्रहरी प्रमुख अवदेश विष्टले आग्रह गरेका छन् ।  यसका साथै तिहारको समयमा जुवातास खेल्ने र खेलाउने कार्य गरिएको पाईएमा कानुन बमोजिम कारबाही गरिने समेत उनले बताए ।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button