समाचारबन्दीपुरगण्डकी

आदीवासी जनजाती महासंघ बन्दीपुरको अध्यक्षमा  गुरुङ्ग

प्रहार समाचार । बन्दीपुर, कात्तिक २५ शनिबार ।
नेकपा एमालेकाे भातृ संगठन आदीवासी जनजाती महासंघ  बन्दीपुरको अध्यक्षमा बल बहादुर गुरुङ्ग सर्वसम्मत  चयन भएका छन् ।

नेकपा एमाले बन्दीपुरका अध्यक्ष सुरेन्द्र बहादुर थापाको अध्यक्षता तथा नेकपा एमालेका नेता एक बहादुर रानाकाे प्रमुख आतिथ्यतामा बिहीबार संपन्न प्रथम अधिवेशनले गुरुङ्गको अध्यक्षतामा ९ सदस्यिय गाँउ कार्य समिति चयन गरेको हो । महासंघको उपाध्यक्ष सुजन श्रेष्ठ ,सचिव सीता राना र सदस्यहरूमा गुन वहादुर गुरुङ्ग , कृष्ण माया थापा ,लुना आले, निशा गुरुङ्ग , विनोद कुमार लामा र नरजङ्ग दुरा रहेका छन्।

कार्यक्रममा नेकपा एमाले जिल्ला सदस्य फुलमती थापा,
भिम वहादूर गौतम, भगवान श्रेष्ठ, पूर्ब वडा अध्यक्ष हरेराम थापा गाँउ कार्य समितिका उपाध्यक्ष तथा वडा नं १ का वडा अध्यक्ष शिवकुमार श्रेष्ठ, सह सचिव रवि श्रेष्ठ, आमिर गुरुङ्ग, वडा नं ४ का वडा अध्यक्ष दान बहादुर थापा, वडा सदस्य ममता राना राजु खड्गी लगाएतको उपस्थित रहेकाे थियो।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button